फिल्म । अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माताले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म मार्च ३१ मा रिलिज हुने घोषणा गरेका हुन् । यद्दपी फिल्म हलमा नभई ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुन् लागेको छ ।
हितेश भाटियाले निर्देशन गरेको यसफिल्ममा ऋषिसँगै परेश रावल, जुही चावला, सुहेल नय्यर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवारको मुख्य भूमिका रहेको छ । फिल्म छायांकनमै रहदा ३० अप्रिल २०२० मा ऋषि कपूरको निधन भएको थियो । उनको मृत्युपछि परेश रावलले उनको भूमिका निर्वाह गर्दै फिल्मको बाँकी छायांकन पूरा गरेका हुन् ।
Rishi Kapoor’s last film co-starring @SirPareshRawal ‘Sharmaji Namkeen’ comes directly to Amazon Prime, March 31st. pic.twitter.com/fVCmVxXQ6q
— LetsOTT Global (@LetsOTT) March 9, 2022
कमेन्ट गर्नुहोस्











