इटालीका डेढ करोड मानिस क्वारेन्टाइनमा ?

सांकेतिक तस्बिर

विदेश । कोरोना भाइरसका संक्रमण बढेसँगै आयोजित कार्यक्रमहरु स्थगित हुने क्रम बढ्दो छ । विश्वमै फैलिरहेको कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएसकेको छ । यसैले गर्दा पनि विश्वमै यसको प्रभाव परेको छ । कोरोना भाइरसकै कारण इटालीमा १ करोड ६० लाख मानिस क्वारेन्टाइनमा रखिएको छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकको लोम्बार्डी क्षेत्र र अन्य १४ प्रान्तमा कम्तीमा १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको स्थानीय मिडियालाई बताएका छन् ।

कोरोना भाइरस कोभिड–१९को महामारी फैलिएसँगै इटालीले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने भनि गरिएको निर्णय अनुसार उनीहरुलाई अप्रिलसम्म क्वारेन्टाइनमा राखिने छ । युरोपमा सबैभन्दा बढी कोरोना भाइरस फैलिएको मुलुक बन्न पुगेको इटालीमा महामारी रोक्न जिमखाना, स्वीङ पुल, म्युजियम र स्काई रिसोर्टहरु बन्द गर्ने निर्णय समेत गरेको छ । संक्रमितको संख्या बढ्दो छ भने इटालीमा कोरोना भाइरसबाट मर्नेको संख्या २३३ पुगिसकेको छ । यो भाइरसबाट संक्रमितको संख्या पनि ५८०० नाघिसकेको छ ।

इटालीको लोम्बार्डीको पुरै उत्तरी क्षेत्र र इटालीको वित्तीय केन्द्र मानिएको मिलानमा आपतकालीन सेवा बाहेक सबै पहुँच बन्द गरिएको छ । त्यहाँ मात्र एक करोड मानिसको बसोवास छ । त्यसका साथै भेनिस, पर्मा र मोडेनामा पनि यसमा समावेश गरिएको छ । जसको कारण यसबाट समग्रमा १ करोड ६० लाख मानिस प्रभावित हुनेछन् । क्वारेन्टाइनलाई नमान्ने मानिसलाई कम्तीमा ३ महिनाको जेल सजायको व्यवस्था गरिएको छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख कटिसकेको छभने ३६०० बढीले ज्यान गुमाएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्