फिल्म । कोरोना भाइरसका संक्रमण बढेसँगै फ्यानहरूले ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ फिल्मको रिलिज मिति सार्न गरेको आग्रहलाई स्वीकार्दै निर्माण कम्पनिले फिल्म अब नोभेम्बरमा रिलिज गर्ने भएको छ । कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएपछि फ्यानहरूले निर्माता बारबरा ब्रोकोलीलाई रिलिज मिति सार्न आग्रह गरेको थिए ।
निर्माण कम्पनिले ट्विटर मार्फत फिल्म आउँदो नोभेम्बर १२ मा युके र नोभेम्बर २५ मा युएसएमा रिलिज हुने जानकारी दिएको छ । ‘जेम्स बोन्ड’ को २५ औं फिल्म ‘नो टाइम टु डाई’ आगामी अप्रिलको पहिलो साता रिलिज हुने तय थियो । तर , पछिल्लो समय विश्वमै फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै फिल्मको रिलिज डेट सारिएको हो । कोरोना भाइरसका कारण यसअघि चीनको बेइजिङमा आयोजना हुने भनिएको ‘नो टाइम टु डाई’ फिल्मको प्रिमियर रद्द गरिएको थियो।
MGM, Universal and Bond producers, Michael G. Wilson and Barbara Broccoli, announced today that after careful consideration and thorough evaluation of the global theatrical marketplace, the release of NO TIME TO DIE will be postponed until November 2020. pic.twitter.com/a9h1RP5OKd
— James Bond (@007) March 4, 2020
हलिउडमा सफल सिरिज मध्यको एक हो ‘जेम्स बोन्ड’ । स्पाई थ्रिलर यसफिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सेरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफुलाई जेम्स बोन्डको रुपमा अगाडी ल्याईसकेका छन् । पछिल्लो समय बोन्डको रुपमा ड्यानियल क्रेग छन् । उनि सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोन्डको भूमिकामा देखिदै आएका छन् । ब्रिटिश जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको यो २५ औं फिल्म हो भने क्रेगको बोन्डका रुपमा पाँचौं तथा अन्तिम फिल्म । जेम्स बोन्ड हलिउडको सबभन्दा लामो चलेको शृंखलामा पर्छ । लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौं कलाकार हुन् ।
क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाइ’ मा क्रेगका अलावा क्रिस्टोफ वाल्ट्ज, रामी मलिक र लिया सिडु लगायतका कलाकारले अभिनय गरेका छन् । फ्रेन्च अभिनेत्री सिडु यसअघिको बोन्ड फिल्ममा पनि थिइन् । रामी मलिकले गत वर्षमात्रै ‘बोहेमियन र्याप्सोडी’का लागि उत्कृष्ट अभिनेताको ओस्कर पाएका थिए भने अर्का ओस्कर विजेता क्रिस्टोफ वाल्ट्ज यसअघिको बोन्ड फिल्ममा खलनायक थिए । (एजेन्सी)











