फिल्म । अभिनेता दयाहाङ राइको अभिनयको हजारौ दर्शक फ्यान छन् । गोप्ले तथा काजीको उपनाम पाएका दया मार्फत नयाँ अभिनेताले धेरै सिक्ने अवसर पाएका छन् । यिनले नयाँ पुस्ताका हिरोहरुसँग पनि काम गरेका छन् । प्राय थियटरका कलाकारहरुसँग काम गर्ने दया नयाँ फिल्म ‘२ नम्बरी’ मा पल शाहसँग स्क्रिन शेयर गर्दैछन् । पलसँग उनि पहिलो पटकसँगै काम गर्दैछन् ।
पल त दयासँग काम गर्दा अभिनयलाई अझै नजिकबाट महसुस गर्न पाउनेमा विश्वस्त छन् नै दया पनि उतिकै खुसि छन् । ‘युवापुस्ताको बलियो, जोशिलो र क्रियटिभ नायकसँग काम गर्न म पनि लालयित थिएँ’ दयाले भने,’उहाको पुस्ताको सोचाईलाई पनि बुझ्ने मौका पाउनेछु ।’ यसैगरी पलले पनि दयासँगको कामले अभिनय निखारिने विश्वास व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्










