फिल्म । टाइगर श्राफ पछिल्लो समय आफ्नो हिट फ़्रेञ्चाइज ‘बाघी’ को तेस्रो सिरिजमा व्यस्त छन् । ‘हिरोपन्ति’ डेब्यु अभिनेता टाइगरलाई यसै सिरिजले बलिउडमा स्थापित गरेको थियो । उनले यसै सिरिज मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाए । बलिउड अभिनेता ज्याकी श्राफका छोरा टाइगरलाई उनको पितासंग भने फिल्ममा देखिएको छैन् ।
‘टाइगरलाई फिल्ममा लञ्च गरेदेखि नै जैकी र टाइगरको जोडी दर्शकले हेर्न चाहनु भएको थियो, अब त्यो पूरा हुँदैछ,’ निर्माता साजिद नाडियडवालाले यसको पुष्टि गरेका छन् । अर्थात ‘बागी’को तेस्रो भागमा उनी आफ्ना पिता जैकी श्राफसँग देखिने भएका छन् । यसमा टाइगर र ज्याकीसंगै श्रद्धा कपुर , दिशा पटानीको पनि अभिनय रहेको छ । श्रद्धा बागी एकमा पनि थिइन् भने दुईमा दिशा पाटनी थिइन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











