देवलले ल्याए ‘चौवन्दीमा सजिएकी’ (भिडियो)

164 Shares

संगीत । दशैंको अबसर पारेर देवल भण्डारीले ‘चौवन्दीमा सजिएकी’ सार्वजनिक गरेका छन् । दोश्रो संस्करणका नेपाल आईडल रबी ओड र दोश्रो संस्करणकै नेपाल आईडलको उत्कृष्ट पाँचमा पर्न सफल गायिका अस्मीता अधिकारीको स्वरमा रहेका आधुनिक युगल गीत हो । गीतकार देवल भण्डारी लामो समयदेखि अस्ट्रेलीयाको मेल्बोर्नमा बस्दै आएका छन् । उनले नियमित रुपमा नयाँ गीतहरु दर्शकमाझ ल्याउने गरेका छन् । देवलले यसपटक दशैंलाई लक्षित गरेर यो नयाँ गीत चौवन्दीमा सजिएकी…छ माया छपक्कै बोलको गीत ल्याएका हुन् ।

गीतमा संगीतकार दीपक शर्माले संगीत भरेका हुन् । जसमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । यो गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल एलिसा राई मुख्य भूमिकामा छन् । त्यसो त गायक रवि ओड र मोडल अस्मिता भट्टको पनि मोडलको रुपमा गीतको भिडियोमा प्रस्तुत भएका छन् । राजिव समरले यो गीतको भिडियो कोरियोग्राफी गरेका छन् । यो गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोको निर्देशन शान थापाले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्