रनबीर र आलियाको फिल्ममा रणवीर र दीपिका पनि ?

फिल्म । पछिल्लो समय बि-टाउनको नयाँ जोडी रनबिर कपूर र आलिया भट्ट चर्चामा छन् । यी दुईको अफेयर अपडेट पनि गसिप बनिरहेको छ भने सँगै शुटिङ गरिरहेका फिल्म ‘ब्रह्मास्त्र’ को कारण पनि चर्चामा छन् । सुपरहिरोको लभ स्टोरी भनिएको फिल्मको सेटबाट सार्वजनिक भएको तस्वीर पछिल्लो समय सोसल मिडियामा भाइरल नै भएको छ । गीतको दृश्यमा रनबीर र आलियाले नृत्य गरिरहेका छन् । यी दुईको रोमान्स र कमेडीसँगै दर्शकले एक्सन पनि हेर्न पाउनेछन् । फिल्म छायांकन भइरहेको लामो समय भईसकेको छ । मेकरले यसको दुइ पार्टलाइ एकसाथ ल्याउने तयारी थालेका छन् । यसैले गर्दा पनि फिल्मको छायांकनले समय लिएको हो । तर , पछिल्लो समय फिल्मसंग जोडिएको अर्को ठुलो खबर बाहिर आएको छ ।

फिल्मको दोस्रो पार्टमा रणवीर सिंह र दीपिका पादुकोण हुने खबरले यतिबेला चर्चा पाएको छ । फिल्मलाई रनबिरका साथी आयान मुकर्जीले निर्देशन गरिरहेको फिल्ममा रियललाइफका दुइ जोडी देखिने लगभग तय भएको हो । आयानले दीपिकासंग येह जवानी है दिवानीमा काम गरेका थिए । यसैले गर्दा पनि रणवीर र दीपिका फिल्ममा काम गर्न तयार रहेको बुझिएको छ । करण जोहरको निर्माण रहेको फिल्मको पहिलो भागलाई दर्शकले आउँदो वर्ष सन् २०२० मा हेर्न पाउनेछन् । अमिताभ बच्चन, मौनी रॉय, नागार्जुन र डिंपल कपाड़ियाको पनि यसमा लिड रोल रहेको छ ।

कमेन्ट गर्नुहोस्