फिल्म । शंकर कार्की निर्देशित फिल्म ‘जस्मिन’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण भएको लामो समय भएता पनि यसको काम अगाडी बढ्न सकेको थिएन । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख अभिनेता आर्यन अधिकारी फिचर्ड छन् । साथै, अभिनेत्री अशिष्मा नकर्मीलाई पियानो बजाउँदै गरेको अवस्थामा चित्रण गरिएको छ । फिल्म सांगीतिक प्रेमकथामा बनेको पोस्टरले प्रस्ट्याउँछ ।
फिल्ममा आर्यन र अशिष्मासँगै के.के अधिकारी, सेविका प्याकुरेल, रुपा राना, अभय बराल, नविन लम्साल, एलिशा शर्मा, विशाल पहाडी, कृष्ण खनाल र बालकलाकार श्रवणी थापाले अभिनय गरेका छन् । सेविकाले यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछिन् । सार्वजनिक पोस्टरमा फिल्मको रिलिज डेट भने तय गरिएको छैन । मेनका फिल्मस प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा किरण घिमिरे (माइकल) को लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डि. गुरुङको सम्पादन र कोशिश क्षेत्री/कल्याण सिंह/एलिश कार्की/किरण घिमिरेको संगीत छ ।








