फिल्म । पछिल्लो समय फिल्मनगरीमा पुजा शर्मा र आकाश श्रेष्ठको जोडीको चर्चा राम्रो हुने गर्छ । यी दुइ प्रेममा रहेको गसिप त छ नै साथै फ्यानले पनि बेलाबखतमा सोसल मिडियामा दुइलाई नै ‘विवाह कहिले गर्ने ?’ भन्ने प्रश्न सोधिरहेका हुन्छन् । यी दुइ पनि अनस्क्रिनको जोडीको रुपमा दर्शकले रुचाउदा निकै उत्साहित छन् । तर , पुजाले आकाशलाई राम्रो साथी मात्र भएको बताउदै आएकी छिन । उनले चितवनमा पनि यहिँ कुरालाई प्रस्ट्याइन । उनि फिल्मको लागि केमेष्ट्री बनाउनु पर्ने बताउछिन् ।
‘हामीले फिल्मको लागि केमेष्ट्री मिलाउनु पर्छ त्यसैले दर्शकले हामीलाई रियल जोडी ठान्नु हुन्छ’ पुजाले भनिन् । उनले यो सिकाइ आफुमा अभिनेता आर्यन सिग्देल मार्फत आएको बताइन । ‘मधुमासमा मैले काम गर्दा आर्यन दाइले मलाइ को-स्टारसँगको केमेष्ट्री बुझाउनु भयो’ उनि भन्छिन् ,’त्यतिबेला त मलाइ उँहा नै मेरो ब्वाईफ्रेन्ड जस्तो लाग्थ्यो ।’ तर , शुटिङ सकिएपछी आर्यनको व्यबहारमा परिवर्तन आउँदा उनले बुझिन् कि को-स्टारसँग गर्ने केमेष्ट्री । त्यसो त पुजालाई सुरुवाती दिनमा आकाशलाई खुलाउनु सहज थिएन ।

उनले रामकहानीमा आकाश लिने भएपछी निर्देशक शिशिर राणालाई सोधेकी थिइन् आकाशको बारेमा । ‘आकाश कस्तो छ भनेर मलाइ पुजाले सोधिन्’ शिशिरले भने ,’मैले काम गर्न निकै ठिक छ तर कम बोल्छ भनेर भने ।’ शिशिरको जवाफले नै पुजालाई हिन्ट्स मिल्यो । सुरुका दुइ दिनसम्म त पुजालाई आइ कन्ट्याक गर्ने गाह्रो भयो । ‘आकाश नबोल्ने तर विस्तारै सहज भयो’ पुजाले भनिन् । उनले आकाशसँग फ्रेन्डली व्यबहार गरिन् । किनकी दर्शकले स्क्रिनमा खोज्ने केमेष्ट्री यतिकै आउने कुरै भएँन ।
‘तिमि सँग’ मा साम्राज्ञी आरएल शाहसँग खासै नबोल्ने आकाश पुजासँग किन घुलमिल भए त ? उनि भन्छन् ‘कम्फर्ट फिल्म गरे सायद त्यसैले म नजिक भए होला ।’ बाल्यकाल देखि नै होस्टेलमा बसेर पढेका आकाश प्राय धेरैसँग खुल्दैनन् । आकाश र पुजाले फिल्मको लागि केमेष्ट्री मिलाए पनि दर्शक भने उनीहरुलाई रियल लाइफमा जोडी देख्न चाहन्छन् । यद्दपी यो जोडीले रामकहानीसँगै काम गरेपछि पुनः आउँदो कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पोइ पर्यो काले’ मार्फत पर्दामा आउदै छ । फिल्ममा आकाश र पुजासँगै सौगात मल्ल , सृष्टी श्रेष्ठ , सुरक्षा पन्त लगायतको अभिनय रहेको छ ।

फिल्ममा अभिनेत्री पूजाको नाम पूजा नै छ । उनलाई आफू निकै राम्री रहेको घमण्ड छ । काले वर्णको युवक पिटिक्कै मनपराउँदिनन् । सौगातले भने कालो वर्णको एक युवकको भूमिकामा निभाएका छन् । उनी पूजालाई मनपराउँछन् । फिल्ममा सोहित मानन्धर, राजाराम पौडेल, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ ।
शिव ढकालले फिल्म खिचेका हुन् भने कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । फिल्मका लेखक तथा निर्देशक शिशिर राणा हुन् । तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्ममा लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत छ ।










