फिल्म । अभिनेता राजेश हमालसँग दुरुस्त अनुहार मिल्ने अभिनेता शितल केसी स्टारर फिल्म ‘सम्हाली राख है’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वितरकसँगको छलफलपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति आउँदो कात्तिक २९ गतेलाई तय गरेको छ । आरएल मोक्तानको निर्देशन रहेको फिल्ममा शितलसँगै अर्जुन कुवँर, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको छ । अहिले फिल्मको पोष्ट प्रोडक्सनको काम अन्तिम चरणमा छ । तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा फिल्म बनेको हो ।
शंकर कार्कीको प्रस्तुति रहेको फिल्मलाई हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह-निर्माता रहेको फिल्ममा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ । शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् । निर्देशक मोक्तानकै पटकथा तथा संवाद रहेको फिल्ममा काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य समेटिएका छन् ।










