फिल्म युनिट लिएर मल्पी पुगे अंकित

फिल्म । पछिल्लो समय अंकित शर्माले नृत्य गरेको एउटा गीत निकै चर्चामा छ । त्यो हो ‘रातो टीका निधारमा टलक्क टल्कियो’ । यो गीत न सुन्ने र यसमा न नाच्ने सायदै होलान् । यो गीत अंकित अभिनित फिल्म ‘रातो टीका निधारमा’ मा समावेश छ । फिल्म आउँदो शुक्रबार रिलिज हुँदैछ । फिल्मको रिलिज मिती नजिकिदै गर्दा अंकित आफ्नो फिल्म युनिटसँग आफ्नो विधालय पुगेका छन् ।

उनि काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा सोमबार पुगेर आफ्नो गुरुहरुसँग आशिर्वाद लिदै विधार्थीहरुलाई फिल्म सम्बन्धि जानकारी समेत गराए । स्कुलका प्रिन्सिपल र विद्यार्थीले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा अंकितले आफ्ना अनुभव सुनाएका थिए । १० कक्षासम्मको अध्ययन शिलशिलामा आफुले भोगेका र जानेका कुरा उनले विद्यार्थी सामु पेस गरे ।

‘हामीले अभिभावकको सपना त पुरा गर्नु पर्छ तर त्यसमा हाम्रो ईच्छा मर्नु हुँदैन’ अंकितले विधार्थीसँग अन्तरक्रिया गर्दै भने ,’सपना अभिवावकको पुरा गरौ पढेर तर आफुलाई मन लागेर पढेर आफ्नो ईच्छा पुरा गरौ ।’ अंकितसँगै उनको को-स्टार रविन्द्र झा र साम्राज्ञी आरएल शाह पनि मल्पी पुगेका थिए । साम्राज्ञीले उपस्थितसँग होस्टेल जीवनको सम्झना साटिन् ।

‘होस्टेलमा बसेर पढ्ने भएकोले फ्यामिली मिस गर्थे’ उनले भनिन् ,’अर्को परिवार त होस्टेलमै साथीहरु बने , त्यसैले सबै एकअर्काको सहयोगी भएर बस्नु पर्छ ।’ अंकित र साम्राज्ञीले आफ्नो शिक्षा पुरा गरेपछि स्वदेशमै केहि गर्न समेत सूझाए । उनीहरुले अबको देश निर्माण र समृद्धिको अभिभारा आफुहरु जस्तो युवाको दायित्व रहेको समेत प्रस्ट्याए ।

फिल्म ‘रातो टीका निधारमा’पनि बाध्यताले सपना संगालेर विदेशिनेको कथा र स्वदेशमै पाखुरा खियाउनेको सफलतालाई पनि देखाइएको छ । अंकितकै पिता तथा पुराना फिल्मकर्मी अशोक शर्मा निर्देशित फिल्ममा नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । यसमा कल्याणसंगै शम्भुजित बाँस्कोटाको पनि संगीत , बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्