फिल्म । आउँदो कार्तिक ८ गते फिल्म प्रदर्शन गर्ने घोषणाका साथ् फिल्म ‘घामड शेरे’ को फस्टलुक अन्तर्गत पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा निश्चल मात्र फिचर्ड छन् । उनलाई घामड देखाइएको छ । फिल्मका सेन्ट्रल क्यारेक्टर पनि उनि नै हो । उनि ब्याग बोकिरहेका छन् भने उनको शरीर धुलाम्य छ । निर्देशक हेमराज विसी निर्देशित यो फिल्ममा रियल जोडी निश्चलसँगै उनको रियल जोडी स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् ।
यसमा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा भएको छ । फिल्ममा निश्चल एक किसानको भूमिकामा छन् । उनले आफ्नो जीवनमा आउँने बाधा-अड्चनलाई कसरि जित्छन , फिल्मयसमै केन्द्रित रहेको बुझिएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिक गरे पनि यसको कथासार भने खुलाएको छैन ।
फिल्म रोमान्टिक–कमेडी जनरामा फिल्म निर्माण भएको मात्र बताइएको छ । फिल्ममा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् । पोस्टरमा यो फिल्म आउँदो कार्तिक ८ गते प्रदर्शनमा आउने उल्लेख गरिएको छ ।