‘कबड्डी मनोरञ्जनले भरिपूर्ण छ’ उपासना

फिल्म । डेब्यु फिल्ममै अनमोल केसीसँग स्क्रिन शेयर गरेकै कारण चर्चामा आइन उपासना सिंह ठकुरी । फिल्म ‘क्याप्टेन’ हेर्नेले उनको निरन्तरताको सम्भावना औल्याए । त्यसको केहि समयपछी उनि ‘कबड्डी’ को तेस्रो सिरिजमा जोडीइन । आफैमा ब्रान्ड भइरहेको सिरिजबाट आएको प्रस्तावलाई उपासनाले स्विकारिन । यतिबेला उनि अहिले आफू अभिनित दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रचारमा दौडधुपमा छिन् ।

निर्देशक रामबाबु गुरुङ ‘सेन्टी भाइरस’ को छायाँकनमा व्यस्त छन् भने दयाहाङ राई पनि त्यसमै । यसैले गर्दा पनि यतिबेला उपासनाको दौडधुप बढ्दो छ । ‘राम दाइसँग काम गर्ने मेरो ईच्छा नै थियो त्यसमा कबड्डी आफैमा ब्राण्ड हो’ उपासना भन्छिन् ‘यो फिल्मले मेरो करियरलाई अगाडी बढाउँन मदत गर्छ ।’ उनले आउँदो दिनमा अभिनयकै कारण आफु चिन्छु भन्नेमा विश्वस्त छिन् ।

‘यसपटक दर्शकले कबड्डीमा नयाँ कथा पाउनु हुनेछ’ उनले भनिन् । फिल्ममा स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई देखाइने छ । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।

यसमा दयाहाङसँगै कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको फिल्मको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् । मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार फिल्मका निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्