फिल्म । केहि समय अगाडी बलिउडमा संजयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आउने वितिकै चर्चा बढ्यो । संजयले सलमानसँग गत सन् १९९९ मा रिलिज भएको फिल्म ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए । जसलाई दर्शकले अत्यधिक रुचाएका थिए । त्यसपछी सलमानले संजयको फिल्म ‘सावरिया’ मा केमियो गरेका थिए, तर दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका थिए । यसैले गर्दा पनि यी दुइ संगै हुने वितिकै चर्चा बढ्नु स्वाभाविक नै थियो । तर यतिबेला बि-टाउनबाट आएको खबरले फ्यानलाई निराश बनाउन सक्छ ।
सलमान पछिल्लो समय आफ्नो फिल्म ‘दबंग ३’ मा व्यस्त छन् । यो आउँदो डिसेम्बरमा रिलिज हुँदैछ । उक्त डेटमा पहिले सलमान अभिनित फिल्म ‘किक २’ रिलिज हुने घोषणा निर्माण कम्पनिले गरेको थियो । तर , सलमानले संजयसंग काम गर्ने भनेपछि यो अर्कै डेटमा सर्ने तय थियो । तर यतिबेला सलमानले ‘किक २’ लाई सन् २०२० को इदमा ल्याउने तयारी गरिरहेको खबर बाहिर आइरहेको छ । संजयको निर्देशनमा बन्ने बनिएको ‘इन्शालाह’ मा कुरा नमिलेपछि सलमानले नेक्स्ट प्रोजेक्टलाई अगाडी सारेका हुन् ।
खबरमा आएअनुसार सलमानले संजयलाई विभिन्न रोलमा आफु निकट केहि कलाकारलाई राख्न आग्रह गरेका थिए । जसलाई संजयले स्वीकारेनन् । यसैले गर्दा संजय र सलमानको सहकार्य यसपटक पनि हुन् नक्सने सम्भावना छ । साथै , सलमानको भूमिकामा अब संजय क्याम्पकै हिरो रणवीर सिंहलाई देख्न सकिने सम्भावना समेत बढेको छ । सलमानले गर्ने भूमिकाको लागि विकल्प रणवीरनै रहेको केहि समय अगाडी संजयले एक अन्तर्वार्तामा बताएका थिए ।
उनले त्यतिबेला नै सलमान नभए रणवीर भन्ने संकेत गरेका थिए । संजयलाई उनको डेब्यु फिल्म ‘खामोसी’ मा साथ् दिएका सलमानले ‘हम दिल दे चुके सनम’ पछी भने साथ् दिएनन् । आखिर किन त ? किनकी सलमान र संजयको सहकार्यमा तयार भएको दोस्रो फिल्म आएर हिट भएको थियो । त्यसपछी सलमानले ‘साँवरिया’ मा मात्र केमियो गरे । त्यसयता सलमानलाई संजयको फिल्ममा देखिएको छैन । (एजेन्सी)











