फिल्म । बलिउडमा गत वर्ष फिल्म ‘धडक’ मार्फत उदाएका इशान खट्टरले आफ्नो फ्यान फ्लोअर्स बढाईरहेका छन् । डेब्यु फिल्म मार्फत नै आफुलाई स्थापित गरेका इशान अभिनय र नृत्यको कारण चर्चामा छन् । यिनै इशानले नयाँ फिल्ममा काम गर्दैछन् , जसलाई सोसल मिडिया मार्फत उनले नै घोषणा गरेका छन् ।
उनले ‘अ सुइटेबल ब्वाई’ मा काम गर्न लागेका हुन् । मीना नायरको निर्देशनमा तयार हुने उक्त फिल्ममा इशानले मान कपूरको भूमिका निर्वाह गर्नेछन् । जो एक राजनीतिज्ञको विन्दास छोरा हुन्छन् । फिल्ममा इशानसंगै तब्बु पनि मुख्य भूमिकामा छिन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्









