फिल्म । पछिल्लो समय बलिउडमा उदाउदै गरेकी एक्ट्रेस हुन , दिशा पटानी । मोडलिङमै सिमित रहदा एक्टर टाइगर श्राफकी प्रेमिकाको ट्याग पाएकी दिशाले एमएस धोनी र बागी २ जस्ता फिल्म मार्फत आफुलाई आफ्नै पहिचानमा स्थापित बनाइसकेकी छिन । पछिल्लो समय सलमान खानको फिल्म ‘भारत’ मा देखिएकी दिशा बेलाबखतमा बोल्ड तस्वीरका कारण चर्चामा आउने गर्छिन् । तर , पछिल्लो समय दिशाको चर्चा हुनुको कारण अरुनै छ ।
उनले हालै मिडियासंगको कुराकानीको क्रममा आफुनो ६ महिनाको मेमोरी लस भएको बताइन । केहि समय अगाडी जिममा उनको टाउकामा चोट लागेपछि उनले ६ महिनाको याद गुमाएकी थिइन् । तर , यतिबेला उनि ठीकठाक छिन् । उनले इन्स्टाग्राममा शेयर गरेको तस्वीर पछिल्लो समय भाइरल झैँ हुने गरेको छ । जसको कारण फिटनेस नै हो । जिरो फिगरको कारण चर्चामा आउने दिशा बि-टाउनमा चर्चाको विषय बन्ने गरेकी छिन ।
(एजेन्सी)
कमेन्ट गर्नुहोस्









