नीतालाई आफुले पाउँदा मात्र राम्रो ?

फिल्म । केही वर्षअघिको कुरा हो। नीता ढुंगानाले ‘मसान’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाइन्। नीताले पाएको यो पुरस्कार विवादमा पर्‍यो। किनकि, फिल्ममा मुख्य भूमिकामा केकी अधिकारी मात्र थिइनन्, उनले अभिनय पनि उस्तै बेजोड गरेकी थिइन्। तर, नीताले सेटिङ गरेर अवार्ड पाएको चर्चा चल्यो।

गत शुक्रबार चलचित्र विकास बोर्डले तीन वर्षदेखि रोकिएको राष्ट्रिय पुरस्कार वितरण गर्‍यो। २०७३ सालदेखि पुरस्कार वितरण हुन सकेको थिएन। तर, २०७४ सालमा बाँडिएको अवार्ड नीतालाई चित्त बुझेन। उनले शुक्रबार राति नै फेसबुकमा स्ट्याटस लेख्दै २०७४ सालको अवार्ड सेटिङ भएको आशय व्यक्त गरिन्।

२०७४ सालमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार बेनिशा हमालले ‘ब्लाइन्ड रक्स’बाट जितेकी थिइन्, जबकि यही साल नीता ‘पञ्चायत’बाट दाबेदार थिइन्। सेटिङको पीडा कस्तो हुँदो रहेछ, थाहा भयो होला नी नीतालाई?

(सम्पूर्ण साप्ताहिकबाट)

कमेन्ट गर्नुहोस्