शाहरुखका छोरा आर्यनले दिए ‘सिम्बा’ को लागि आवाज (भिडियो)

197 Shares

फिल्म । ‘द जंगल बुक’ को सफलतापछी यसका निर्देशक जोन फेवरिउले नयाँ फिल्म ‘द लायन किङ्ग’ लिएर आउने भएका छन् । डिजनेको समेत लगानी रहेको फिल्मको रिलिज देत नजिकिदै गर्दा विभिन्न तथ्य बाहिर आइरहेका छन् । यसै बीच फिल्ममा आर्यन खानको स्वर सुन्न पाइने भएको छ । बलिउड अभिनेता शाहरुख खानका छोराले फिल्म भित्रको मुख्य क्यारेक्टर ‘सिम्बा’ को लागि आवाज दिएका छन् । उनि जंगलका राजा मुफासाको छोरा हुन्छन् ।

शाहरुखका छोरा आर्यनको बलिउड डेब्युको चर्चा भइरहदा उनले डबिङ गर्दै आफुलाई फिल्ममा ल्याएका छन् । जंगलकै कथामा तयार गरिएको फिल्मको टिजरले पाएको लोकप्रियताको आधारमा पनि यसको सफलता मापन गर्न सकिन्छ । सन् १९९४ मा रिलिज गरिएको एनिमेशन फिल्मको रिमेक भनिएको यसमा जंगलको राजा सिंहको बच्चाको कथालाई देखाइएको छ । उनले गर्ने संघर्षले दर्शकलाई मनोरंजन दिनेछ ।

Facebook Comments