फिल्म । अभिनेता दीपकराज गिरी निर्माणमा र लेखनमा पनि सफल छन् । उनले निर्माणसंगै लेखन गरेको फिल्म छ एकान छ देखि छक्का पञ्जा ३ सम्म आउने हो भने सबैले दर्शकको माया पाएका छन् । उनले यस अघि नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘तीतो-सत्य’ को ५ सय भन्दा बढी भागको लेखन तथा निर्देशन गरे । तर आफ्नै ब्यानरबाट फिल्म बन्दा पनि निर्देशनमा आएका छैनन् । उनले छ एकान छ निर्देशनको जिम्मा गुरु दिनेश डिसीलाई दिए भने दोस्रो फिल्म वडा नम्बर ६ को जिम्मा उज्वल घिमिरेलाई ।
त्यसपछि निर्मित छक्का पञ्जा सिरिजलाइ उनकै टिमकी दीपाश्री निरौलाले निर्देशन गरिरहेकी छिन् । आखिर दीपक निर्देशनमा किन आउंदैनन् त ? यो जिज्ञाषा धेरैमा छ । जसलाई दीपकले राजधानीमा आयोजित एक कार्यक्रममा मेटाएका छन् । उनले निर्देशन भन्ने चिज निकै कठिन रहेको बताए ।
उनकै पछिल्लो फिल्म ‘छमाया छपक्कै’ को सिनेम्याटोग्राफर हरी हुमागाईंलाइ डेब्यु निर्देशनको शुभकामना दिन पुगेका दीपकले आफु निर्देशनमा नआउनुको कारण खुलाए । ‘फिल्म राम्रो भयो भने सबैमा क्रेडिट बाडिन्छ , यदि फिल्म राम्रो भएँन भने सबै निर्देशककै टाउकोमा आउछ’ दीपकले भने । उनि लेखन तथा अभिनयमै व्यस्त हुन् चाहन्छन । हरीले ‘सरौतो’ बाट डेब्यु गरेपछि दीपकले निकै कठिन काम अँगालेको भन्दै बधाई दिए ।











