फिल्म । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा ‘लक्का जवान’ निर्माण हुने भएको छ । पारिवारिक तथा कमेडी कथामा बन्न लागेको यो चलचित्रलाई शिवहरि पौडेलले निर्देशन गर्न लागेका हुन् । केही हाँस्य सिरियल निर्देशन गरिसकेका पौडेलको यो डेब्यू फिल्म हो ।
ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने फिल्ममा सह–निर्मातामा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल हुन् । ‘फिल्मलाई हामीले विशुद्ध पारिवारिक र कमेडी कथामा निर्माण गर्दैछौ ’ निर्देशक पौडेलले बताए । यसै फिल्म मार्फत अभिनेता दीलिप रायमाझीको छोरीले डेब्यु गर्ने चर्चा भएता पनि फाइनल नभएको निर्देशक पौडेलले बताए ।
कमेन्ट गर्नुहोस्








