जुलाई ६ मा आदित्य नेपाल आउने (भिडियो)

संगीत । पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ । नेपालमा खोजिने गायक नेपाल आउने क्रममा आदित्य नारायण झा थपिने भएका छन् । केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्य काठमाण्डौका संगीत प्रेमी माँझ गुन्जिने भएका छन् । जुलाईको ६ तारिख अर्थात आउँदो असार २१ गते आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन ।

‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् । गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् भने उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए ।

केहि दिन अगाडी आदित्य नेपाल आउने चर्चा भएता पनि डेट फाईनल भएको थिएन् । उनले आफैले भिडियो सम्बोधन मार्फत जुलाई ६ मा आउने बताएका छन् । ‘म आदित्य नारायण भिजिट नेपाल २०२० अन्तर्गत नै नेपाल आउँदैछु’ भिडियोमा उनले सम्बोधन गरेका छन् । उनले नेपालसंग आफुले समय विताउनेमा विश्वस्त रहेको जनाउदै सबैलाई कार्यक्रममा निम्तो समेत गरेका छन् । आदित्य जुलाई ६ मा नै नेपाल आउनेछन् । उनि नेपाल आएसँगै पत्रकार सम्मेलनमा सहभागी भएर बेलुकीको तयारीमा जुट्ने समेत आयोजकले जनाएका छन् । उनि मुम्बईबाट नेपाल आउने पहिलो फ्लाइटमा काठमाण्डू आइपुग्नेछन् ।

क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ । कार्यक्रमकै समयमा टिकेट खरिद गर्न गएमा यसमा ५ सय थप लाग्ने समेत आयोजकले जनाएको छ । टिकेट क्लब फरेनहाइटमा पाइनेछ भने ९८०३४१२९५६ र ०१-४४४१२२० मा सम्पर्क गरेर पनि खरिद गर्न सकिनेछ । उदितका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्वका साथ् हेर्ने गरिन्छ भने युवापुस्ता माँझ उनको क्रेज राम्रो छ ।

आदित्यलाई डिमाण्डकै आधारमा ल्याउन लागिएको क्लब फरेनहाइटले जनाएको छ । आदित्यको ताल फिल्मको जंगलमे बोले कोयल कुकू , आशिर्वादको पानि घट्ट , रामलीलाको इश्क्याउ धिस्क्याउसँगै शापित र कुसुमे रुमालका गीत चर्चित छन् भने उनले धेरै कभर गीत गाएका छन् । बलिउडमा प्राय पार्श्व गायकको गीत गाउँन सक्ने मानिने आदित्यको कार्यक्रमको मुख्य प्रायोजकको रुपमा नेपाल आइस रहेको छ ।

कमेन्ट गर्नुहोस्