भिडियोमा सुपुष्पा

102 Shares

संगीत । डेब्यु फिल्म ‘रणवीर’ मार्फत नै नोटिस भएकी एक्ट्रेस सुपुष्पा भट्ट भिडियोमा देखिएकी छिन् । फिल्मपछी अनमोल केसीसँग एक विज्ञापन गर्ने मौका पाएकी उनि यतिबेला ‘छमाया छपक्कै’ फिल्मको छायाँकनमा छिन् । यसै बीच उनको अभिनय रहेको म्युजिक भिडियो रिलिज भएको छ । गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘जिन्दगी खास भयो’ बोलको गीतमा उनि देखिएकी हुन् ।

उनिसँगै गीतमा नयाँ अनुहार रोहित थापा देखिएका छन् । प्राय कलाकार गीत हुँदै एड र फिल्ममा देखिने गर्छन् तर सुपुष्पा भने फिल्म र एडपछी भिडियोमा देखिएकी हुन् । गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् भने शब्द रचना मुक्त उदासले गरेका हुन् । ‘गीतलाई रोमान्टिक बनाउने कोसिस गरेका छौ’ गायक गिरीले भने ।

उनले यो गीत प्रेमिल जोडीलाई लक्षित गरिएको समेत बताए । ‘गीतले मायाको आभाष पक्कै गराउने छ’ गायक गिरी भन्छन् । शान थापाको निर्देशनमा बनेको भिडियोमा रजिव समरको करियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारीले खिचेका हुन् ।

Facebook Comments