‘सानो मन’ लिएर समुन्द्र किनारमा आयुष्मान र शिल्पा

फिल्म । छायाँकनरत फिल्म ‘सानो मन’ युनिट थाइल्याण्ड पुगेको छ । थाइल्याण्ड स्थित पतायामा कैद गरिएको दृश्यको केहि तस्वीर निर्माण पक्षले सार्वजनिक गरेको छ । जसमा आयुष्मान डिएस जोशी र शिल्पा मास्के रोमान्टिक मुडमा देखिएका छन् । यसको शिर्ष गीत सहित केही दृष्यको छायाँकनको लागि टोलि त्यहाँ पुगेको हो ।

शिर्ष गीत सानो मनको आधा भन्दा बढी थाईल्याण्डको पताया र आसपासमा छायाँकन सम्पन्न गरेको यसका निर्माता राजेन्द्र मानन्धरले जानकारी गराएका छन् । गीतलाई निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन् । रोहितजोन क्षत्रीको स्वर रहेको गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ ।

पतायाको छायाँकन सकेर सानो मन युनिट यतीबेला बैंकक पुगेको छ । सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानहरुमा बाँकी छायाँकन सुरु गरिएको पनि निर्माता मानन्धरले जानकारी गराए । यसलाई छायाँकार आलोक शुक्लाले छायाँकन गरिरहेका छन् । निर्देशक सुयोगलाई त्यहाँ मुख्य सहायक निर्देशक रितसिंह बोहराले सघाईरहेको छन् । यो फिल्ममा समिर सुनुवार र निर्देशक गुरुङको कथा रहेको छ । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेण्ट र हाईटेक इन्टरटेन्मेण्टको ब्यानरमा बनेको यो फिल्मका निर्माताहरुमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजिब श्रेष्ठ र रमेश कुमार मित्तल रहेका छन् ।

कमेन्ट गर्नुहोस्