सलमानको ‘केमियो’ बारे बोले साहो निर्देशक

फिल्म । पछिल्लो समय साउथ इण्डियन फिल्मका स्टार प्रभास अभिनित फिल्म ‘साहो’ निकै चर्चामा छ । आउँदो अगस्ट १५ मा रिलिज हुने फिल्मो चर्चा बढ्दो छ । बाहुबली सिरिज मार्फत स्टार बनेका प्रभासको फिल्ममा सलमान खान केमियो गर्दैछन् ? यो गसिप बाहिर आएपछि फ्यान निकै खुसि भए । दुइ स्टारलाई एकसाथ फिल्ममा हेर्न पाउने दृश्य साचै लोभ लाग्दो नै हुन्थ्यो । तर , यस्तो नहुने भएको छ ।

साहोका निर्देशक सुजीथले यसलाई हल्ला मात्र भनेका छन् । उनले पछिल्लो एक अन्तरवार्ताको क्रममा सलमान फिल्ममा ‘केमियो’ गर्दैछन् भन्ने हल्ला मात्र रहेको बताए । ‘हामीले फिल्मको काम सकिसकेका छौ , त्यसैले यो सम्भव छैन’ निर्देशक सुजीथले भने ‘सलमानलाई हामी खेलाउने सोच बनाएको भए त्यहि अनुरुप तयारी गर्थ्यौ ।’ उनको अन्तर्वातासँगै फ्यानको मन केहि खिन्न त पक्कै भएको छ नै ।

फिल्ममा प्रभाससँगै नील नितिन मुकेश , फिल्ममा श्रद्धा कपूर, मन्दिरा बेदी, ज्याकी श्राफ, महेश मान्जरेकर, चंकी पान्डे लगायतका कलाकारको प्रमुख भूमिका छ । यसको बजेट १५० करोड बताइएको छ । फिल्म तिन भाषा तेलुगू, तमिल र हिन्दीमा रिलिज हुनेछ । थ्रिलर सस्पेन्स यस फिल्ममा एक योद्धाको कथा देखाइनेछ । फिल्मको निर्माण यूवी क्रियशनका वामसी, प्रमोद र विक्रमले गरेका हुन् । फिल्ममा प्रभास र श्रद्धाको जोडी बाँधिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्