फिल्म । राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मन्द मन्द’ को प्रमुख भूमिकामा छन्, कसिस दाहाल र नवीन रेग्मी । केही समयअघिनै ‘मन्द मन्द’ मा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भए पनि बाकी दुई कलाकार कसलाई लिने भन्नेमा निर्माता,निर्देशक अन्यौलमा थिए । अन्नत कसिस र नवीनले त्यो अबसर पाएका छन् ।
बैशाख तेश्रो सातादेखि सुटिङ सुरु भएको सस्पेन्स सोसियल ड्रामा मन्द मन्द हाल जुम्लाका बिभिन्न स्थानमा खिचिरहीएको जानकारी निर्देशक सानेले दिएका छन् । रुद्राक्ष फिल्मस्को ब्यानरमा रुद्र खनाल कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा टेकराज रेग्मी र कमल गिरी छन् ।
काठमाडौबाट सुरु भएको मन्द मन्दको सुटिङ नारायणघाट,बुटवल,कोहलपुर, सुर्खेत,कालिकोट हुदै जुम्ला र मुगुसम्म पुग्दै छ । दिब्यराज सुबेदीले खिचिरहेको फिल्मका गीतको कोरियोग्राफी रामजी लामीछानेले गरिरहेका छन् । नवनायिका कसिस र नायक नवीनले मन्दमन्दमा आफुहरुले निकै नै मिहीनेतका साथ अभिनय गरिरहेको बताएका छन् ।











