साउन ३० मा ‘दयारानी’

597 Shares

फिल्म । आउँदो जेठ १० लाइ रिलिज मिति तय गरिएको फिल्म ‘दयारानी’ पोष्टपोण्ड भएको छ । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘दयारानी’ अब आउँदो साउन ३० मा रिलिज हुनेछ । निर्माण पक्षले नयाँ डेट सहित फिल्मको रिलिज मिति सार्वजनिक गरेका छन् । सार्वजनिक पोष्टरमा दयासँगै दीया पुन फिचर्ड छिन । यी दुइको सामिप्यतालाई पोष्टरले प्रस्ट्याएको छ । पोष्टरमा दया रोमान्टिक देखिएका छन् भने दीया लजालु र दयालु देखिएकी छिन् । ‘वीरविक्रम’, ‘ह्याप्पी डेट’र ‘मिस्टर झोले’मा संगै काम गरेका दया र दीया यसफिल्ममा यी दुई श्रीमान र श्रीमतीको भूमिकामा छन् ।

फिल्मलाई अभिनेता माओत्से गुरुङले निर्देशन गरेका छन् । उनको यो डेब्यु निर्देशन हो । ‘फिल्म पारिवारिक कथामै छ’ निर्देशक गुरुङ भन्छन ‘यसमा उताउलो श्रीमान र दयालु श्रीमतीको कथा देखाउनेछौ ।’ उनले फिल्मको नामलाई समेत प्रस्ट्याए । ‘गुरुङ समुदायमा दयालु युवतीलाई दयारानी भनिन्छ’ उनले नामबारे प्रस्ट्याए ।

सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक स्वयम्ले लेखेका छन् । फिल्ममा दया र दीयासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् भने यसमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ । यसमा निर्देशकद्वय रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् ।

Facebook Comments