‘गाडी भएकै कारण किरणलाई अभिनय गरायौं’ हरिवंश (भिडियो)

113 Shares

फिल्म । मह जोडी भन्ने वितिकै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाम अगाडी आउछ । मह सञ्चारबाट धेरै नै सिरियल बनेका छन् । हास्यकलाकारका लागि अभिभावकत्व मह जोडीले निर्वाह गरेका छन् । मह जोडी सफल पनि छन् र यो सफलतामा जोडिएको एउटा नाम किरण केसी पनि हो । राता मकैको उपनामले परिचित किरणले टेलिफिल्म र सिरियलमा मह जोडीसँग सहकार्य गर्दै आएका छन् । किरणको चिनजान हरिवंशसँग बाल्यकाल देखि नै थियो । तर , कामको सुरुवात भने पन्ध्र गते सिरियल मार्फत भएको थियो । त्यतिबेला मह जोडी सुरुवाती दिनमा थिए भने किरणले फाट्टफुट्ट अभिनयमा सौख राख्थे ।

‘हामीले टेलिफिल्म बनाउने भएपछी एउटा ट्याक्सी चाहियो र हामीसँग पैसा पनि थिएन साथै त्यो समयमा भाडामा गाडी पाउँन पनि मुस्किल थियो’ हरिले सुरुवाती दिनलाई सम्झिदै भने ‘किरणसँग ट्याक्सी छ भन्ने थाहा पाएपछि उसलाई बोलाएर अभिनय गराएका हौ ।’ त्यसभन्दा अगाडी उक्त रोल अशोक शर्मालाई तय गरिएको थियो । हरिले सुरुवाती दिनमा गरेको स्ट्रगलले नै अहिले सफलता दिएको बताए । हरिवंश आचार्य र किरण केसीसँग गरिएको कुराकानी यो भिडीयोमा हेर्न सक्नु हुनेछ ।

मह सञ्चारको निर्माण रहेको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ यतिबेला प्रदर्शनरत छ । फिल्ममा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै पुष्प खड्का, आँचल शर्मा, किरण केसी, नीरुता सिंह , बर्षा राउत लगायतको अभिनय रहेको छ । यसला किरणकै पुत्र सुदन केसीले निर्देशन गरेका हुन् ।

Facebook Comments