बाहुबली निर्देशकको नयाँ फिल्म ‘रघुपति राघव राजाराम’

फिल्म । ‘बाहुबली’ सिरिज मार्फत निकै चर्चामा आएका निर्देशक एसएस राजमौलीले नयाँ फिल्मको नामांकन भएको छ । वर्किंङ टाइटल आरआरआर राख्दै छायाँकन भइरहेको फिल्मको नाम ‘रघुपति राघव राजाराम’ राखिएको छ । फिल्मको अफिसियल सोसल मिडिया मार्फत यसको जानकारी दिइएको हो । फिल्म घोषणा देखि नै निकै चर्चामा छ भने यसको नामलाई लिएर दर्शकमा उत्सुकता थियो । फिल्ममा साउथका दुई स्टार जुनियर एनटिआर र राम चरणसँगसँगै अजय देवगन र आलिया भट्ट लगायतको पनि अभिनय रहनेछ । उनले जुनियर एनटिआरसँग पहिलो डेब्यु फिल्म ‘स्टुडेन्ट नम्बर १’ मा काम गरेका थिए । त्यसपछि उनले दोस्रो फिल्ममा पनि उनैसँग काम गरे । राजमौलीले राम चरणसँग भने एक मात्र फिल्म ‘मगाधिरा’ मा काम गरेका छन् । उनले ११ वटा फिल्म निर्देशन गरिसकेका छन् भने यो उनको १२ औ फिल्म हो ।
कमेन्ट गर्नुहोस्