नीरसँगै देवीका , शोभित र अनन्तलाई छायाँछवि सम्मान तथा पुरस्कार

फिल्म । यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । साथै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मुलत पाश्र्व गायन गर्दै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि फिल्म निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ । यसैगरी छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत ३ दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत हुने भएका छन् । आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले प्रेस विज्ञप्ती मार्फत सम्मान प्रदान बारे जानकारी गराएका हुन् ।

११औं इएनआई छायाँछवि डि सिने अवार्ड –०७६का अवसरमा ४ फिल्मकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको हो । निर्देशक तथा अभिनेता नीर शाह पूसस्त फिल्ममा अभिनय गर्नुका अलावा बसन्ती, राजमति, सेतोबाध जस्ता अव्वल निर्देशक हुन् । विगत ५० वर्षभन्दा लामो अवधिदेखि टेलिभिजन एवं फिल्ममा सक्रिय शाह अब्वल कलाकार एवं निर्देशकका रुपमा परिचित छन् । छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ बाट सम्मानीत हुँदै गरेकी देवीका बन्दना पाश्व गायनमा सम्मानित नाम हो । ‘यस्तै रहेछ यहाँको चलन’ बोलको आधुनिक गीतबाट आफ्नो नाम स्थापित गराएपनि उनी पाश्व गायनका रुपमा नै चिनिएकी हुन् । उनका थुप्रै हिट गीत छन् ।

यस्तै छायाँछवि फिल्मकर्मी रजत सम्मान –०७६ बाट पुरस्कृत हुँदै गरेका शोभित बस्नेत उम्दा निर्देशकका रुपमा चिनिन्छन् । राजकुमार नामक फिल्मबाट २०५१ सालदेखि निर्देशन यात्रा प्रारम्भ गरेका शोभितले –०७६ सम्म आइपुग्दा २९ फिल्मको निर्देशन गरिसकेका छन् । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार –०७६बाट पुरस्कृत हुँदै गरेका रंग पत्रकारि हुन् –अनन्त वाग्ले । २०४७ सालमा माधुरी नामक पत्रिकारबाट रंगपत्रकार प्रारम्भ गरेका अनन्तले कान्तिपुर साप्ताहिक, गोरखापत्र, स्टारडम, गीताञ्जली जस्ता मिडिया हुँदै यहिले अन्नपूर्ण पोष्टमा मनोरञ्जन विभाग प्रमुख भएर कार्य सम्पादन गरिरहेका छन् ।

११औं इएनआई छायाँछवि डि सिने अवार्ड –०७६का अवसरमा प्रदान गरिने सम्मान एवं पुरस्कार अन्तर्गत छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्डमा नगद रु२५०२५।– सहित प्रमाण–पत्र दोसल्लाको सम्मान रहेको छ भने छायाँछवि चलचित्रकर्मी रजत सम्मान–०७६मा प्रमाण–पत्र तथा दोसल्लाद्वारा सम्मान गरिनेछ । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारमा नगद रु११,१११।– सहित प्रमाण–पत्र एवं दोसल्ला सम्मान गरिने कुरा आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

कमेन्ट गर्नुहोस्