साउथ फिल्मको रिमेक ‘सूर्यवंशी’

फिल्म । खिलाडी एक्टर अक्षय कुमारलाई लिएर निर्देशक रोहित शेट्टीले फिल्म ‘सूर्यवंशी’ निर्देशन गर्दैछन् । करण जोहरको पनि निर्माणमा सहकार्य रहने फिल्ममा अक्षय कुमार पुलिस अफिसरको भूमिकामा देखिनेछन् । फिल्म आउँदो वर्ष सन् २०२० को इदमा रिलिज हुने घोषणा करणले गरिसकेका छन् । फिल्मको छायाँकन सुरु हुँदैछ ।

फिल्मले फ्लोर ज्वाइन गर्न्नु अगावै यसको नयाँ तथ्य बाहिर आएको छ । प्राय साउथ इण्डियन फिल्मलाई रिमेक गर्दै आएका रोहितले सूर्यवंशीको लागि कथा पनि उतैबाट चयन गरेका छन् । यो फिल्म शिव राजकुमारको अभिनय रहेको कन्नड फिल्म ‘तगारु’ को रिमेक हुनेछ । फिल्ममा शिवले निडर पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन् । तर यो फिल्म सिन टु सिन रिमेक नहुने बताइएको छ । यसको कथामा देखिएको कमजोरीलाई सुधार्दै पटकथा तयार गरिएको छ ।

यसैगरी फिल्ममा अक्षयको को-स्टार कट्रिना कैफ हुनेछिन् । निर्माण पक्षले सामाजिक सञ्जाल मार्फत कट्रिना हुने जानकारी गराएको छ । यस अगाडी अन्य एक्ट्रेसको नाम आएता पनि कट्रिना सेलेक्ट भएकी हुन् । कट्रिनाको ग्लामर अवतारले अक्षयको एक्सनलाई सहयोग गर्ने विश्वास रोहितको छ । अक्षयसँग कट्रिनाको जोडीलाई रुचाइएको थियो । हमको दिवाना कर गए , सिंह इज किंग , तिस मार खाँ , नमस्ते इंग्ल्याण्ड र वेलकम जस्ता सफल फिल्ममा सँगै काम गरेका छन् । यसैगरी फिल्ममा अन्य स्टारको पनि केमियो हुनेछ ।

फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराउने तयारी गरिरहेका छन् । स्क्रिप्टको काममा रहेका रोहितले त्यसपछी सिंघमको तेस्रो सिरिजको निर्देशन गर्नेछन् । अजयको क्रेजलाई दर्शक माँझ कायम राख्नको लागि रोहितले अक्षयसँग केमियो गराउने सोच बनाएका छन् ।

कमेन्ट गर्नुहोस्