फिल्म । अनमोल केसी स्टारर फिल्म ‘ ए मेरो हजुर ३’ को रिलिजको पुर्वसन्ध्यामा राजधानीमा प्रिमियर सम्पन्न भएको छ । फिल्म हेर्न पुगेका अधिकांसले डेब्यु गर्ल सुहाना थापाको तारिफ गरेका छन् । डेब्यु फिल्ममै उनले निभाएको भूमिकाले फिल्मकर्मीको मन जितेको छ । निर्माता सुनिलकुमार थापा र अभिनेत्री झरना थापाकी छोरी सुहानाले अभिनयमा प्रसस्तै सम्भावना देखाएको प्रतिक्रिया नै अधिकांस फिल्मकर्मीको रहेको छ ।
करिश्मा मानन्धर , दीपकराज गिरी , दीपाश्री निरौला , सिताराम कट्टेल , कुन्जना घिमिरे , नीता ढुंगाना , माधव वाग्ले , रमेश उप्रेती , सन्दीप क्षेत्री लगायतले फिल्मको मेकिङको पनि तारिफ गरेका छन् । फिल्ममा अर्पण थापा , सलोन बस्नेत , रविन्द्र झा लगायतको पनि अभिनय रहेको छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व छ ।
तस्वीरहरु : आर्यन बिमली