मर्दानी लुक्समा रानी

फिल्म । ‘मर्दानी’ को सफलतापछी यसकी लिड एक्ट्रेस रानी मुखर्जीले सिक्वेलमा काम थालेकी छिन । निर्माता आदित्य चोपडासँग विवाह बन्धनमा बाधिएपछी फिमेल लिड फिल्ममा मात्र काम गरिरहेकी रानीले सिक्वेलमा अभिनेता चंकी पाण्डेका भतिजा आहान पाण्डेसँग देखिदैछिन् । आहान यसैफिल्म मार्फत बलिउडमा आउंदैछन् । उनलाई सम्भावना बोकेको कलाकारको रुपमा हेरिएको छ । मर्दानीकै लेखक गोपी पुथरणले यसलाई निर्देशन गर्ने चर्चाछ ।

फिल्ममा रानीलाई एक्सन अवतारमा दर्शकले देख्न पाउनेछन् भने यो फिल्म यशराज फिल्म्सको ब्यनारमा बन्ने छ । फिल्ममा रानीलाइ निडर पुलिस अफिसरको भूमिकामा देख्न सकिनेछ । फिल्मकै शुटिङको क्रममा रानी स्पट भएकी छिन । नाइट सिनको शुटिङको क्रममा उनलाई मर्दानी लुक्समा देखिएको हो । फिल्ममा उनले एक्सन गर्नेछिन् । फिल्मलाई यसै वर्ष रिलिज गरिनेछ ।

 
View this post on Instagram
 

A post shared by Rahul Raut (@rahulrautwrites) on

कमेन्ट गर्नुहोस्