काममा फर्किए इरफान

फिल्म । बलिउडमा अभिनेता इमरान खान आफ्नो अभिनयकै कारण परिचित छन् । थियटर हुदै फिल्ममा आएका इमरानले हलिउड फिल्म जुरासिक पार्कको सिरिजमा समेत काम गरिसकेका छन् । यिनै इमरान पछिल्लो समय क्यान्सरसँग लडेर नयाँ जीवन पाउदै इन्डिया फर्किसकेका छन् । उनले इन्डिया फर्किएपछी केहि समयको विश्राममा अब आफ्नो हिट फिल्म ‘हिन्दी मिडियम’ को सिक्वेलमा काम थालेका छन् । उनलाई पर्दामा हेर्ने चाहना सहित धेरै दर्शकले स्वास्थ्य लाभको कामना गरेका थिए ।

पुनः नयाँ जीवन पाएका इरफानले सिक्वेल फिल्म ‘अंग्रेजी मिडियम’ छायाँकन सुरु गरेका छन् । होमी अडजानिया निर्देशनमा तयार हुने फिल्मको डे फस्टको तस्वीर सार्वजनिक भएको छ । उक्त तस्वीरमा इरफान नयाँ फुर्ति सहित काममा फर्किएको आभाष गर्न सकिन्छ । सन् २०१७ मा रिलिज भएको फिल्म ‘हिन्दी मेडियम’ लाई समिक्षकसँगै दर्शकले पनि उत्तिकै रुचाएका थिए । शिक्षा प्रणाली माथिको व्यंग रहेको फिल्मको सिक्वेलमा काम गर्न इरफान तयार भईसकेका छन् ।

कमेन्ट गर्नुहोस्