फिल्म । बलिउड अभिनेत्री श्रीदेवी स्वर्गीय भएको झन्डै वर्षदिनपछी उनको फिल्म ‘मोम’ लाई चाइना रिलिज गरिने भएको छ । विभिन्न देशमा उनको फिल्मले राम्रो प्रतिक्रिया पाएपछि पछिल्लो समय भारतीय फिल्मको ठुलो बजार मानिने चिनमा फिल्म रिलिज हुने तय भएको हो । आउदो मार्च २२ मा जी स्टुडियो इन्टरनेशनल फिल्म रिलिज हुने पुष्टि गरेको छ ।
जारि विज्ञप्तिमा श्रीदेवीको अन्तिम फिल्म भएकाले फ्यानले हलमै हेर्ने ईच्छा जाहेर गरेको समेत लेखिएको छ । विभा चोपडाले फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको जनाईन । ‘श्रीदेवी हामीलाई छाडेर जानु भएको सुन्दर कृति हो फिल्म मोम’ उनले भनिन् ‘यसले पारिवारिक दायित्व र आमाको मायालाई दर्साउछ ।’ रवि उद्यावर निर्देशित फिल्म मार्फत श्रीदेवीले चर्चा पाइरहेकी थिइन् । उनि पछिल्लो समय शाहरुख खानको फिल्म ‘जिरो’ को एक दृश्यमा देखिएकी थिइन् , जसको छायांकन निकै अगाडी गरिएको थियो ।