अस्कर अवार्ड : रोमालाई दुइ अवार्ड

फिल्म । यतिबेला विश्वकै प्रसिद्ध अस्कर अवार्ड भइरहेको छ । अवार्डमा विभिन्न विधामा विजयीलाई अवार्ड प्रदान भइरहेको छ । यसैक्रम विदेशी भाषी फिल्म तर्फको अवार्ड रोमाले जितेको छ । अल्फान्सो कुआरोन निर्देशित फिल्मलाई अस्कर कमिटिले सर्वोत्कृष्ट फिल्म घोषणा गरेको हो । यसमा निर्देशकले मेक्सिकोमा विताएको जीवनलाई चित्रण गरेका छन् ।

सिनेम्याटोग्राफीले समेत अवार्ड जितेको यसफिल्ममा राजनीतिक असहिष्णुता र छात्र विद्रोहको समयमा एक परिवारको कथालाई देखाइएको छ । जसलाई निर्देशक अल्फान्सोले आफ्नो बाल्यकालको कथा भनेका थिए । फिल्म ब्ल्याक एण्ड व्हाइटमा छ भने यसलाई नेटफ्लिक्समा हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्