कहिले आउँछ ‘जात्रै जात्रा’ ?

फिल्म । जात्राको सफलतापछी तयार भईरहेको फिल्म ‘जात्रै जात्रा’को रिलिज डेट छिटै सार्वजनिक गरिने निर्देशक प्रदीप भट्टराईले बताएका छन् । लगभग छायाँकन सकिएपछी अब केहि दिनमा गीत सार्वजनिक गर्दै डेट सार्वजनिक गरिने उनले बताए । ‘लगभग काम सकियो अब भिडियो सामग्री मार्फत नै डेट घोषणा गर्छौ’ निर्देशक भट्टाराईले भने ‘हाम्रो डेट धेरै पर जादैन होला , लगभग हामी असार आगाडी नै फिल्म रिलिज गर्ने तयारीमा छौ ।’

फिल्ममा विपिन कार्की , वर्षा राउत , रविन्द्र झा , रविन्द्र सिंह बानिया , दयाहाङ राई लगायतको अभिनय रहेको छ । अभिनेता विपिनको दुर्घटनामा परी खुट्टा भाचिएपछी फिल्मको छायांकन सकिएको थियो ।

कमेन्ट गर्नुहोस्