सनीलाइ नेगेटिभ रोल अफर

फिल्म । कुनै समय बलिउडमा एक्सन हिरोको ट्याग पाएका सनी देओल पछिल्लो समय फिल्ममा सफल छैनन् । उनले अभिनय गरेको फिल्मले दर्शकको साथ् पाउन सकेको छैन । त्यसो त सनी पछिल्लो समय आफ्नो छोराको डेब्युमा ब्यस्त छन् । यिनै सनीले एक एक्सन फिल्म निर्माण गर्ने घोषणा पनि गरेका छन् । तर सनीको यी कामले मुर्तरुप पाएको छैन । यसै विच सनीलाइ फिल्म ‘आँखे’ को सिक्वेलमा काम गर्ने प्रस्ताव पुगेको छ । सन् २००२ मा रिलिज भएको फिल्मको सिक्वेललाई अनिस बाज्मीले निर्देशन गर्नेछन् ।

अनिसले सनीलाई नेगेटिभ क्यारेक्टर सुहाउने भन्दै स्क्रिप्ट दिईसकेका छन् । पछिल्लो समय सोसल हिरोको भूमिका निर्वाह गरिरहेका सनीले अनिसको प्रस्तावमा कस्तो निर्णय गर्छन यो त आउने समयले नै बताउनेछ । तर सनीले एस भनेर सहमत भए बहने झन्डै २५ वर्षपछी उनलाई बलिउडका बिग बि अर्थात् अमिताभ बच्चनसँग स्क्रिनमा देख्न पाईनेछ ।

कमेन्ट गर्नुहोस्