फिल्म । मोहित सूरीको निर्देशनमा बनेको भारतीय फिल्म ‘सैयारा’ले १९ दिनमा विश्वव्यापी रूपमा ३ सय ४.०६ करोड कमाइ गरेको छ । अहान पाण्डे र अनीत पड्डाको डेब्यू फिल्मले यो कमाइमार्फत भारतीय फिल्म उद्योगमा नयाँ रेकर्ड कायम गरेको छ ।
फिल्मले १८ दिनमै विश्वव्यापी बक्स अफिसमा ५ सय करोडको आँकडा पार गरेको छ, जसमा विदेशी बजारबाट मात्र १ सय २९.२९ करोड कमाइ भएको छ । यो फिल्मले तेस्रो हप्ताको चार दिनमै सलमान खानको ‘सुल्तान’ को रेकर्ड तोड्दै ३ सय १ करोड कमाइ गरेको थियो । भारतसहित विश्वभरका दर्शकमाझ अप्रत्याशित सफलता हासिल गरेको ‘सैयारा’ले डेब्यू स्टारहरूको फिल्मका लागि नयाँ मापदण्ड स्थापित गरेको छ ।
कमेन्ट गर्नुहोस्










