फिल्म । सन् १९८३ मा इन्डियालाई वर्ल्ड कप जिताउन सफल क्रिकेट टिमका कप्तान कपिल देवको बायोपिकमा ‘८३’ फिल्म बन्ने भएको छ । कपिलको भूमिकालाई रणवीर सिंहले निर्वाह गर्नेछन् । पछिल्लो समय फिल्म ‘गल्ली ब्वाई’ मा र्यापर बनेका रणवीर यसमा क्रिकेटरको भूमिका निर्वाह गर्दैछन् । उनले क्रिकेटर बन्नको लागि प्रशिक्षण समेत लिईरहेका छन् ।
उनलाई फिल्ममा कबिर खानले निर्देशन गर्नेछन् । यसका साथै उनलाई कपिलकै छोरी अमिया देवले एसिस्ट गर्नेछिन् । अर्थात कबिरको सहायक निर्देशकको रुपमा सहयोग गर्नेछिन् । सन् १९८३ मा कपिल देव, दिलीप वेंगेस्कर, मोहिंदर अमरनाथ, संदीप पाटिल, के श्रीकांत, रोजर बिन्नी, कीर्ति आजाद, मदन लाल, सैय्यद किरमानी, बलविंदर संधू, यशपाल शर्मा र सुनील वालसन लगायतले इन्डियालाई वर्ल्डकप जिताएका थिए । फिल्म आउँदो वर्ष रिलिज हुनेछ ।
कमेन्ट गर्नुहोस्










