‘अनागत’ प्रिमियर (फोटो फिचर)

फिल्म । शुक्रबारबाट डिस होममा रिलिज भएको फिल्म ‘अनागत’ को राजधानीमा प्रिमियर गरिएको छ । रिलिजको पुर्व सन्ध्यामा राजधानीमा प्रिमियर गरिएको हो । प्रिमियरमा फिल्मका निर्देशक साम्तेन भुटिया , कलाकार अर्पण थापा , प्रविन खतिवडा , रोनिश सुवेदी , निर्माता समिर उपाध्याय र लेखक चन्द्र के झा लगायत उपस्थित थिए । यसैगरी प्रमोद अग्रहरी , निर्देशक नरेश कुमार केसी , निर्देशक दिपेन्द्र के खनाल लगायतले पनि फिल्म हेरे ।

मनोविज्ञानमा आधारित फिल्मले एक परिवारको कथा देखाएको छ । एक परिवारमा शंका उत्पन्न भएपछी आउने परिस्थितिलाई फिल्ममा देखाइएको हो । फिल्ममा प्रियंका कार्की र अर्पण थापाले श्रीमान र श्रीमतीको भूमिका निवाराह गरेका छन् । प्रियंका शुटिङको लागि काठमाण्डौ बाहिर रहेकोले प्रिमियरमा अनुपस्थित भइन । ‘यसमा एउटा परिवारको घटनाक्रमलाई देखाइएको छ , त्यसैले यो समाज भन्दा टाढा छ’ साम्तेनले फिल्मको कन्सेप्टलाई खुलाउदै भने ‘फिल्मले छुटै टेस्ट खोज्ने दर्शकलाई बाध्न सक्छ ।’

सस्पेन्स थ्रिलर श्रेणीमा बनेको फिल्मलाई माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘यस फिल्मले तपाइलाई एउटा घटना र अवस्था देखाउछ तर यसमा कमर्सियल तत्व भने छैनन्’ निर्देशक भुटिया भन्छन ‘एउटा फरक कथालाई हेर्न चाहनु हुन्छ भने मात्र अनागत तपाइको लागि उपयुक्त फिल्म हो ।’फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।

कमेन्ट गर्नुहोस्