‘दि ब्रेकअप’ ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म । हेमराज विसी निर्देशित नयाँ फिल्म ‘दि ब्रेकअप’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फिल्मका लिड कलाकारद्वय आशिरमान देशराज जोशी र शिल्पा मास्केबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । अध्ययनका लागि अष्ट्रेलिया पुगेका यी दुई कसरी एकअर्कासँग नजिक हुन्छन् र के कारणले टाढिन्छन् भन्ने फिल्मको मुल कथा रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

प्रेम जीवनमा आउने उचारचढावको कथामा फिल्म आधारित रहेको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक विसीले बताए । फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलिया र ४० प्रतिशत पोखरामा भएको हो । आशिरमानले यसअघि ‘ग्याङस्टार ब्लूज’ मा हेमराजसँग काम गरेका थिए । तर, फिल्मले बक्सअफिसमा कमाल गरेन । ‘दि ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । निर्देशक बिसीकै कथा रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्