अक्षयको ‘सूर्यवंशी’ मा पनि हुनेछ स्टारको केमियो

फिल्म । यतिबेला निर्देशक रोहित शेट्टी दंग छन् । किनकी उनि निर्देशित फिल्म ‘सिम्बा’ ले राम्रो ब्यापार गरिरहेको छ । फिल्मलाइ राम्रो प्रतिक्रया प्राप्त भईरहेको छ भने रोहितको कामलाई तारिफ गरिएको छ । पछिल्लो समय उनले एकपछि अर्को हिट फिल्म दिईरहेका छन् । यिनै रोहितले नयाँ फिल्म ‘सूर्यवंशी’ निर्देशन गर्दैछन् , जसको घोषणा उनले सिम्बामा नै गरेका थिए । फिल्ममा अक्षय कुमार वीर सूर्यवंशीको भूमिकामा देखिनेछन् । उनको लुक्स र क्यारेक्टरलाइ निर्देशक शेट्टीले फिल्ममा देखाएका छन् ।

फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराउने तयारी गरिरहेका छन् । स्क्रिप्टको काममा रहेका रोहितले त्यसपछी सिंघमको तेस्रो सिरिजको निर्देशन गर्नेछन् । अजयको क्रेजलाई दर्शक माँझ कायम राख्नको लागि रोहितले अक्षयसँग केमियो गराउने सोच बनाएका छन् । आउदो अप्रिलबाट छायाँकनमा जाने फिल्ममा अक्षय एक निडर पुलिसको भूमिकामा देखिदैछन् । पछिल्लो समय रोहित एकपछि अर्को फिल्मको नेक्स्ट सिरिज निर्माणमा व्यस्त छन् । सिंघमपछी गोलमालको पनि नयाँ सिरिजको काममा रोहित व्यस्त हुनेछन ।

कमेन्ट गर्नुहोस्