इशिताको संदेश

फिल्म । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को कारण विश्वनै ठप्प छ । फिल्मकर्मीहरु पनि घरमै रहेर सिर्जनात्मक काम गर्नलाई फ्यानलाई प्रोत्साहित गरिरहेका छन् । यसैक्रममा भारतको कलाकारको कुरा गर्ने हो भने ‘दृश्यम्’ फिल्मबाट चर्चा कमाएकी अभिनेत्री इशिता दत्त चित्र बनाएर दिन कटाउँदै छन् ।

उनले सिर्जनात्मक काममा सबैलाई लाग्न आग्रह गर्दै आफुले क्यानभासमा कुची चलाउँदै गरेको भिडियो इन्स्टाग्राममा अपलोड गरेकी छिन् । इशिताले लकडाउनको यसबेला मात्र पेन्टिङ गरेकी होइनन् । उनले यसअघि पनि बेला बेला पेन्टिङ गर्दै गरेको भिडियो पोस्ट गरिसकेकी छन् । स्ट्याटसमा उनले आफ्ना अन्य रुचि पनि खुलाएकी छन्, ‘कुक, क्लिन, डान्स, वर्कआउट, योग, टीभी हेर्ने, किताब पढ्ने अनि परिवारका साथ समय बिताउने।’ (एजेन्सी)

कमेन्ट गर्नुहोस्