कहिले आउछ ‘फास्ट एण्ड फ्युरीयस’ को नयाँ फ्रेनचाइज ?

हिट फ्रेनचाइज मध्यको एक ‘फास्ट एण्ड फ्युरीयस’ को पर्खाइ दर्शकलाई छ । यस फिल्मको सेरिजलाई दर्शकले रुचाउदै पनि आएका छन् । तर सेरिज ७ मा आएर फिल्मका एक मुख्य कलाकार पल वाकरको दुर्घटनामा निधन भएपछी पछिल्लो सेरिज भने केहि खल्लो भएको थियो । तर आउदो सेरिजहरु ९ र १० लाई अझै रोचक बनाउने निर्माण पक्षले बताईसकेको छ । निर्माण पक्षले यतिबेला ९ र १० सेरिजको तयारी पनि गरिरहेको छ तर रिलिज मितिमा भने केहि बदलाब ल्याएको छ । फास्ट एण्ड फ्युरीयस ९ सन् २०१९ मा रिलिज हुने चर्चा थियो तर अब यस फिल्मलाई दर्शक सन् २०२० को अप्रिल १० मा हेर्न पाउनेछन् । साथै यसको १० औ सेरिजलाई पनि २ अप्रिल २०२१ मा हेर्न पाउने निर्माण पक्षले वेब साइट मार्फत जनाएको छ । एजेन्सी
कमेन्ट गर्नुहोस्