‘रामायण’ ले नेपालमा कति कमायो ?

फिल्म । बहुप्रतीक्षित फिल्म ‘रामायण’ले भारत मात्र नभई नेपालमा पनि उत्साहजनक सुरुआत गरेको छ । नितेश तिवारी निर्देशित फिल्म ‘रामायण’मा रणवीर कपूरले राम, यशले रावण, साई पल्लवीले सीता, सनी देओलले हनुमान र रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन्। नेपालमा पनि बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म नेपालमा ८ करोडको हाराहारीमा व्यापार गरेको छ ।

बक्सअफिस स्रोतका अनुसार फिल्मले ७ करोड ८५ लाख रुपैयाँ आइबारसम्म कमाइ गरेको छ । फिल्ममा दर्शकको अकुपेन्सी उच्च रहेकाले आगामी दिनमा समेत यसको कमाइको रफ्तार कायम रहने विश्वास प्रदर्शकको छ ।

कमेन्ट गर्नुहोस्