‘मेरे यारा’ सार्वजनिक

सङ्गीत । लोकप्रिय हिन्दी गीतहरूको छायांकन गरिएका आकर्षक लोकेसनमा छायांकन गरिएको हिन्दी म्युजिक भिडियो ‘मेरे यारा’ सार्वजनिक भएको छ । प्रेम, रोमान्स र सुन्दर दृश्यहरूको संयोजन रहेको भिडियोले गीतसँगै दिल्लीका रमणीय स्थानहरूको दृश्यात्मक यात्रा गराउनेछ।

नितिन चन्दको निर्देशनमा तयार भएको भिडियोमा अस्ट्रेलियाका कलाकार प्रदीप तिमल्सिना र देहरादूनकी मिस उत्तराखण्ड स्मृति रावतले अभिनय गरेका छन्।एनसीएक्स स्टुडियोज इन्टरनेसनलको निर्माणमा तयार भएको भिडियो मुम्बईस्थित एफएमडी म्युजिकले सार्वजनिक गरेको हो। भिडियोको छायांकन दिल्लीका विभिन्न स्थानमा गरिएको छ। यसको व्यवस्थापन लाइन निर्माता राजेन्द्र घिमिरेले गरेका हुन्।

घिमिरेले यसअघि ‘तेन्जिन’, ‘इन्डियन ३’ र ‘जेलर २’ जस्ता ठूला ब्यानरका फिल्ममा समेत काम गरिसकेका छन्। नेपाल, भारत र अस्ट्रेलियाका कलाकार तथा प्राविधिकको सहकार्यमा तयार भएको ‘मेरे यारा’ एफएमडी म्युजिकको युट्युब च्यानलमा उपलब्ध छ।

कमेन्ट गर्नुहोस्