युवा महिला केन्द्रीय सदस्य पदमा शर्मिलाले दिईन् उम्मेदवारी

देश । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेकी फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापा गुरुङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

नेपाली कांग्रेसको मधेश प्रदेश भूगोलतर्फ युवा महिला केन्द्रीय सदस्य पदमा मेरो उम्मेदवारी दर्ता गराएपछि नेत्री थापाले आगामी दिनमा कला क्षेत्रको हितका लागि नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्ने बताइन् ।

उनले भनिन्, ‘नेपाली कांग्रेसले युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यसपटक मलगायत धेरै युवा महाधिवेशनमा सहभागी भएका छौँ। म कला क्षेत्रसँग जोडिएको व्यक्ति भएकाले यस क्षेत्रको आवाजलाई बुलन्द रूपमा उठाउन र नेपाली कांग्रेसलाई कला क्षेत्रमैत्री बनाउन मेरो भूमिका रहनेछ ।’

निर्मात्री थापाले निर्माण गरेको फिल्म ‘आशा’ आगामी माघेसंक्रान्तिलाई लक्षित गर्दै माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्