‘हनुमान अंश’ लाई दर्शकको साथ

फिल्म । भारतीय फिल्म ‘हनुमान अंश’ले भारतीय बक्स अफिसमा अप्रत्याशित प्रदर्शन गरिरहेको छ । प्रदर्शनको पहिलो साता निकै सुस्त देखिएको यो फिल्म दोस्रो सातासम्म आइपुग्दा बक्स अफिसको दौडबाट बाहिरिने अनुमान गरिएको थियो । तर, तेस्रो र चौथो सातामा फिल्मको कमाइमा आएको उछालले सबैलाई आश्चर्यमा पारेको छ ।

सकारात्मक ‘माउथ पब्लिसिटी’ले फिल्मको व्यापारमा ठूलो भूमिका खेलेको देखिन्छ। गत शुक्रबार अर्थात् २६ भदौमा मात्र नेपाल भित्रिएको फिल्मले नेपालमा दर्शकको राम्रो साथ पाएको छ । फिल्मले मंगलवारसम्म नेपालमा १ करोड ९१ लाख रुपैयाँको कमाइ गरेको बक्स अफिस स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उक्त अवधिमा फिल्मलाई ५५ हजार ५ सय जनाले हेरेका छन् ।

विशाल चतुर्वेदीको निर्देशनमा बनेको ‘हनुमान अंश’ बाबा नीम करौलीको जीवनबाट प्रेरित फिल्म हो। फिल्ममा बाबाको भूमिकामा शोभिनाव सत्य देखिएका छन्। फिल्ममा विहान शेज, चन्दन के. आनन्द, पूर्णिमा तिवारी, अनिल रस्तोगी, गुलशन पाण्डे, भगवानदास पटेल र राजीव मिश्रा लगायत कलाकारको अभिनय छ।

कमेन्ट गर्नुहोस्