फिल्म । नेपाली फिल्म ‘लज्जावती’ बक्सअफिसमा कम्जोर देखिएको छ । गत साउन २९ मा प्रदर्शन भएको फिल्मले चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले भदौ १४ गतेसम्म ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँ ग्रस कमाएको छ। उक्त अवधिसम्म फिल्मका २ हजार ७ सय ३५ वटा टिकट बिक्री भएका छन् ।
प्रेम कथामा आधारित नेपाली फिल्म ‘लज्जावती’ को निर्देशन राजबहादुर सानेले गरेका हुन् । सामाजिक कथामा आधारित ‘पाठशाला’, ‘लाटी’, ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिली फो’, ‘बुलाकी’ र ‘सिटामोल’ लगायतका फिल्म निर्देशन गरिसकेका सानेले यसपटक प्रेम सम्बन्धमा आउने उतारचढाव र संघर्षलाई कथाको केन्द्रमा राखेका छन्।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझी मुख्य भूमिकामा छन्। त्यस्तै, विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सीपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायतका कलाकार सहायक भूमिकामा देखिनेछन्।
निर्माता शर्माका अनुसार फिल्म करिब दुई करोड रुपैयाँको लगानीमा निर्माण भएको हो । आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।











