पहिलोपटक भुवन र शिवसँगै

0 Shares

टिभी । नेपाली टेलिभिजनमा पछिल्लो समय विदेशीको शोको फ़्रेन्चाइज देखाउने प्रचलन बढेसँगै प्रोडक्सनमा सुधार आइरहेको छ । शोलाई आकर्षक बनाउन टेलिभिजनले मेहनत गर्ने गरेका छन् । यसै शिलशिलामा लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले ‘मेरो एउटा साथी छ’ नामक टेलिभिजन शो लिएर आउने भएका छन् । उनले शोको केहि एपिसोडको छायांकन समेत सकाएका छन् ।

प्राइम टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम आउँदो कार्तिक २ गतेदेखि प्रत्येक आईतवार राति ९ बजेदेखि प्रसारण हुनेछ । कार्यक्रममा नजिक रहेका मित्रलाई बोलाएर कुराकानी गरिने प्रस्तोता भट्टराईले बताए । ‘हामीले टेलिभिजनमा मित्रतालाई देखाउने कोसिश गरेका हौँ’ उनले भने ,’हामीसँगै थुप्रै उदारहणीय जोडीहरु छन् जसलाई विस्तारै कार्यक्रममा ल्याउने कोसिश गर्ने छु ।’

उनको कार्यक्रमको पहिलो एपिसोडमा नेपाली फिल्मनगरीका दुइ हस्ती अभिनेताद्वय भुवन केसी तथा शिव श्रेष्ठ प्रस्तुत हुँदैछन् । यी दुइको सुरुवाती दिनदेखि अहिलेसम्मको यात्रालाइ रोमान्चक तरिकाले कार्यक्रममा तयार गरिएको प्रस्तोता भट्टराईले बताए । साथै , नेपाली फिल्मनगरीमा लामो यात्रा तय गरेका भुवन र शिव पहिलोपटक टेलिभिजन कार्यक्रममा एकसाथ देखिदैछन् ।

‘उहाँहरुले यसरिसँगै टेलिभिजन कार्यक्रममा भलाकुसारी गर्नु भएको रहेनछ , म पनि अच्च्मित छु’ नरेशले भने ,’दर्शकको समय खेर नजाओस भन्ने सोचका साथ् कार्यक्रमलाई रोचक बनाउने तयारी गरिरहेका छौँ ।’ उनले सुरक्षा सम्बन्धि मापदण्ड अपनाएर कार्यक्रम तयार गरिरहेको बताए ।

कमेन्ट गर्नुहोस्